नियम ४४
समन्बय समितिको सचिबालय सम्बन्धी व्यवस्था
(१) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिम गठन हुने समन्वय समितिले गर्ने काम कारबाहीमा सहयोग गर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा समन्वय समितिको सचिवालय रहनेछ ।

(२) समन्वय. समितिको सचिवालयमा आवश्यक सङ्ख्यामा सरकारी वकील रहनेछन्‌ ।

(३) उपनियम (१) बमोजिमको सचिवालयले समन्वय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने, अनुगमन गर्ने, समितिका निर्णय अभिलेखिकरण गर्ने तथा समन्वय समितिले तोकेको अन्य कार्य गर्नेछ ।